श्याम सुन्दर पौडेलले दिए जेसिजको राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्बारी

<span class='c1'>श्याम सुन्दर पौडेलले दिए जेसिजको</span> <span class='c2'>राष्ट्रिय अध्यक्ष पदमा उम्मेद्बारी</span>

प्रदेश नम्बर एकका युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलनले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेद्बारी दिए पश्चात् आफ्नो निर्वाचन केन्द्रित अभियान लाई तिब्र पारेर हाल उमेद्वार प्रशिक्षण कार्यक्रममा पोखरा पुगेका छन ।

हाल आफ्नो उम्मेद्बारीको प्रबर्द्धन गर्दै देश दौडाहामा रहेका पौडेलले जेसिजको १६१ शाखा मध्ये अधिकाङ्श शाखा भ्रमण गरि अध्यक्ष लगायतको टिम लाई भेटी आफ्नो उम्मेद्बारी किन र के का लागि भन्ने बारेमा समेत जानकारी गराउदै भोट माग्ने क्रम पनि सम्पन्न गरिसकेका छन ।

जेसिजका माध्यमबाट समाज परिवर्तन सम्भव छ भन्ने उदेश्य राखेर जेसिजको महा अभियानमा होमिएका पौडेलको यो पटक एउटै उदेश्य छ युवालाई उधमशिल बनाएर गरि खान सक्ने बनाएर समाजमा हस्तान्तरण गर्ने र अन्य युवाहरुलाई जेसिजमा लाग्न का लागि प्रेरित गर्ने ।

जेसिज तालिमको माध्यमबाट युवा लाई परिस्कृत र परिमार्जित गरेर समाज मा नेतृत्व गर्न सक्ने युवा उत्पादन गर्ने कारखाना रहेको र यसलाइ अझ उधमशिलता सग जोड्न सके युवाहरु लाई उधम्शिल बनाएर एउटा सुयोग्य नागरिक बनाउन सकिने पौडेलको कथन छ ।

उनि सगै अन्य उमेदवार समेत चुनावी मैदान मा रहेको अवस्थामा चुनाब जित्न सक्ने आधार के त भनेर प्रश्न गर्दा , आफ्नो एजेन्डा गौरवमय इतिहास बोकेको शाखा बाट प्रतिनिधित्व गरेको हुदा आफुलाइ आफ्नो लक्ष्य पूरा गर्नै पर्ने बाध्यता रहेको , समग्रमा युवाहरु लाई उत्पादन तथा उधम सग जोड्ने आफ्नो लक्ष्य रहेको र जेसिजको माध्यम बाट समाज लाई एउटा सबल सक्षम र सुयोग्य युवा हस्तान्तरण गर्नका लागि अबका एक बर्ष ले नया बाटो तय गर्ने हुदा सो को लागि आफू तयार रहेको र आफ्ना एजेन्डा नै जित को मुख्य आधार रहेको पौडेल बताउछन ।

जब युवा उधमशिल हुन्छ तब मात्र उ जेसिजको अभियानमा अझ बढी झुकावका साथ लाग्ने हुदा समाज मा रहेका सबै तह र तप्कामा रहेका युवा हरुलाइ जेसिज सग जोड्ने आफ्नो अभियान रहेको र कुनै पनि युवा जेसिजको कार्यक्रममा आउदै गर्दा पैसा खोजेर सापट मागेर हैन आफै उधमशिल भएर आफ्ना लागि आफै खर्च गर्न सक्ने भएर आउन सकोस भन्ने आफ्नो अभिप्राय रहेको पौडेलको कथन छ ।।

बिराटनगरको स्थानीय मोरङ सहकारी अस्पताल , कोशी हेल्थ ईन्स्टिच्युट , कोशी हेल्थ एन्ड साइन्स क्याम्पस , मिलन ट्रेड एन्ड सप्लायर्स लगायत का बिभिन्न सस्थाका संचालक रहेर कुशल रुपमा एउटा उच्च ब्यबस्थापकको र युवा उधमीका रुपमा आफुलाइ समाज मा स्थापित गरेका पौडेल लायन्स क्लब अफ बिराटनगर मोरङका पुर्व अध्यक्ष समेत हुन ।

सन २०१७ मा बिराटनगर जेसिजको अध्यक्ष बने पश्चात् सन २०१८ मा नेपाल जेसिजमा उपाध्यक्ष पदमा उमेदवार भइ उच्च मत ल्याएर नेपाल जेसिजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने त्यो समय मा तोकिएको जिम्मेवारी समेत कुशलता पुर्वक पूरा गरेका थिए ।
सोही कामको मुल्यांकन गर्दै नेपाल जेसिजको कार्यकारी उपाध्यक्ष मा सन २०१९ मा देश भरका जेसिज युवाहरुले राम्रो मत ले बिजयी गराएका थिए ।सन २०२० मा मेरो देश म आफै बनाउछुका राष्ट्रिय संयोजक रहेका पौडेलले जेसिज अभियानमा लागेर मात्र हुन्न नेपाली जेसिज सदस्यले अन्तर्राष्ट्रिय रुपमा समेत जेसिजका कार्यक्रममा भाग लिएर त्यहाँका राम्रा कुरा सिकेर आफ्नो देशमा प्रयोगमा ल्याउनु पर्छ भन्ने उदेश्यले ,सन २०१७ मा वर्ल्ड काङ्ग्रेस नेदरल्यान्डस् , २०१७ मै एस्पाय्क मङोलिया ,२०१८ मा जापान , २०१९ मा एस्प्याक दक्षिण कोरिया मा भएका जेसिजका कार्यक्रमहरु मा सहभागितामा जनाइ सकेका छन भने विभिन्न २६ भन्दा बढी देशको भ्रमण समेत गरिसकेका छन ।

नेपाल जेसिजको राष्ट्रिय अधिबेशन यहि पौष १,२,३,४ गते पोखरा मा सम्पन्न हुँदै छ । जसमा देश भरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन ।जसले राष्ट्रिय अध्यक्ष सहित का पदाधिकारी निर्वाचित गर्ने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्