फोनिज मोरङमा पुरानै समिति अध्यक्षमा पुन सुब्बा र सचिवमा श्रेष्ठ

फोनिज मोरङमा  पुरानै समिति अध्यक्षमा पुन सुब्बा र सचिवमा श्रेष्ठ

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मोरङ अध्यक्षमा पुनः दिनेश लिम्बू निर्वाचित भएका छ्न् । मोरङको कानेपोखरीमा भएको पाचौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि लिम्बू निर्बिरोध निर्वाचित भएका हुन्।

लिम्बू २०७४ मा चौथो जिल्ला अधिवेशनबाट पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । अधिवेशनले लिम्बूको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अशोक गुरुङ, सचिव अनिल श्रेष्ठ, सह–सचिव वविता साम्पाङ राई, कोषाध्यक्षमा राजकुमारी तामाङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा सुरन्जन लिम्बू, सुमन कुरुङ्बाङ, बिध्यानन्द चौधरी, सृजना धिमाल, सङ्गीता राई, सम्झना राई, राजेश राजवंशी र शिबहाङ राई निर्वाचित भएका छ्न्। अधिवेशनले ३ जना केन्द्रिय र ६ जना प्रदेश प्रतिनिधि समेत निर्वाचित गरेको छ।

 

केन्द्रिय प्रतिनिधिहरुमा भक्तशेर लिम्बू, सुजता लिम्बू र फिपराज बेघा निर्वाचित भएका छ्न । प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सन्दिप राई,अंकित धिमाल, बाबुराम मुडीयाडी,सन्तोष राई,बबिता लिम्बू र ऋषि राई निर्वाचित भएका छ्न्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्