नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा पुनः अर्जुन

<span class='c1'>नेपाल दशनामी समाज बिर्तामोडको</span> <span class='c2'>अध्यक्षमा पुनः अर्जुन</span>

झापा । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरीलाई चयन गरेको छ ।

मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सह–सचिवमा मिलन गिरी र कोषाध्यक्षमा खड्गराज गिरी चयन भएका छन् ।

समितिको सदस्यमा गोविन्द बिक्रम गिरी, घनश्याम गिरी, धनबहादुर पुरी, राजन गिरी, रणबहादुर गिरी, खेमराज गिरी, विश्वनाथ गिरी, सम्झना पुरी र पदमादेवी पुरी (पुनम) रहेका छन् । त्यसैगरी अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा गोविन्द बिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमबहादुर पुरी (प्रकाश), वालकृष्ण गिरी, पार्वता गिरी, सन्तोष गिरी, एकराज गिरी, नरनाथ गिरी, उमेश भारती, केदार गिरी र शंकर गिरी रहेका छन् ।

अधिवेशनमा नगरको कोषका लागि नरनाथ गिरी ५० हजार, पदमबहादुर पुरी २६ हजार, बालकृष्ण गिरी २५ हजार, शंकर गिरी २५ हजार, सन्तोष गिरी २५ हजार, चन्द्रप्रसाद–शारदा गिरी २५ हजार र गोविन्द गिरीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्