सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९२ हजार ३०० तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला रु.९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु.९२ हजार ३०० तोकिएको थियो । आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु.एक हजार २१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्