मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ

<span class='c1'>मोटरसाईकल चोरीमा संलग्न</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका वडा ३ घर भई विराटनगर महानगरपालिका वडा ११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन्।

मिति २०७८ मंसिर २६ गते राती ८:३० बजे विराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को.२५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी भई खोजतलास गर्ने क्रममा प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा मोटरसाईकल सहित दाहाललाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दाहाललाई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्