विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका वडा २ बस्ने ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका वडा ८ बस्ने उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक-पटक गरी नगद रु.१ लाख ७३ हजार रकम ठगि गरेका थिए ।
पक्राउ परेका अर्यालको सम्मानित जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।