विराटनगर भाटभटेनी छेउको सुपरमार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’

विराटनगर भाटभटेनी छेउको सुपरमार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’

विराटनगर । आउँदो पौष २ गतेदेखि विराटनगर धरान रोडस्थित भाटभटेनी छेउमा रहेको सुपर मार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’ हुने भएको छ ।

नेपाली उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यका साथ भाटभटेनी छेउको सुपरमार्केटमा पौष ३० गतेसम्मका लागि उक्त महाउत्सव हुने भएको हो । महाउत्सवमा शिखर सु, युनाईटेड सु र हाईलाइफ ब्राण्डका जुत्ता चप्पलहरु बिशेष छुटका साथ खरिद बिक्री हुने जनाईएको छ । जुत्ता तथा चप्पलको खरिदमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोेजक विन्टर फुटवेयर महाउत्सवका अध्यक्ष समीम खानले बताए । उनले मोरङ व्यापार संघको ‘मेरो देश, मेरै उत्पादन’ को नारालाई समेत सहयोग पुग्ने गरि महाउत्सवको आयोजना गरिएको जानकारी दिए ।

आयोजकले भने पौष २ गते दिनको ११ बजे महाउत्सव उद्घाटनकोे तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्