शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ

<span class='c1'>शृङ्खलाबद्ध चोरीमा संलग्न</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पथरी वडा नं. १ बस्ने १९ बर्षिय निमा तामाङ र सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल, सवारीसाधन, नगद, सामान तथा गरगहना चोरीको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट मोवाईल ३ थान, ट्याबलेट १ थान, चाँदीको सिक्री १ थान र गाडीको चाबी १ थान समेत बरामद गरेको छ ।

यसअघि निमा तामाङलाई डाका मुद्धामा २०७७ साउन १३ गते जिल्ला अदालतको आदेशानुसार बाल सुधार केन्द्र समेत पठाईएको थियो । पक्राउ परेका उनीहरुमाथि भने ईलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्