सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाईते

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु ३ जना घाईते

विराटनगर ।सुनसरी र झापा दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् ।

मंसिर २९ गते दिउँसो १:३० बजे सुनसरीको भोक्राहा नरसिंह गाँपालिका वडा ६ स्थितमा प्रदेश १-०२-०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना हुँदा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा वडा ८ बस्ने २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत घाईते भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्‍याईएकोमा उपचारको क्रममा मध्य राती ११:३० बजे रिषिदेवको मृत्यु भएको हो ।

त्यसैगरी मंसिर २९ गते राती करिब ८ बजे झापाको कन्काई नगरपालिका वडा ७ दुर्गापुर स्थितमा ना ५ ख ७९३७ नम्बरको बसले र विपरीत दिशाबाट आउदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम रोङ गाँउपालिका वडा ६ बस्ने ३३ बर्षिय सन्तोष राई र पछाडि सवार ४० बर्षिय चन्द्र बहादुर राई घाईते भई उपचारको लागि बि. एण्ड सि. अस्पताल बिर्तामोड पुर्‍याईएकोमा उपचारको क्रममा राती करिब ९ बजे दुबै जनाको मृत्यु भएको हो । बस र बस चालक ईलामको चुलाचुली गाँउपालिका वडा ६ बस्ने ३१ बर्षिय सरोज ढकाललाई ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा लिईएको छ ।

घटना बारेमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्