विराटनगर । होटलमा महिलालाई राखेर पुरुषसँग यौनसम्बन्ध गराएर व्यापार गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा पुरुषसँग महिलालाई यौन सम्पर्क गराएर रकम असुल्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले इटहरी–४ का गौतम लेप्चा र संखुवासभा नुम गाउँपालिका–५ का मिनराज पराजुलीलाई पक्राउ गरेको छ । उनीहरुले महिलालाई होटलमा राखेर त्यहाँ आउने अन्य पुरुषसँग यौन सम्पर्क गराई रकम असुल्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
युवतीको उद्धार गरेपछि उनको वयानका आधारमा प्रहरीले मानव बेचबिखन मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।