कांग्रेस महामन्त्री मतगणना: थापा र शर्माको अग्रता कायमै

कांग्रेस महामन्त्री मतगणना: थापा र शर्माको अग्रता कायमै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने अर्का प्रत्यासी शर्माले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा.प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९३५, डा.मीनेन्द्र रिजालले ५४६ र डा राजाराम कार्कीले ७५ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा.महत, पौडेल, डा.रिजाल, डा.कार्की र शर्मा उम्मेदवार हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्