सिसि क्यामारा प्रकरण:पिडित पक्षले उजुरी दिन मानेन्,मोरङ प्रहरीले चलायो अभद्र व्यवहारको मुद्धा

<span class='c1'>सिसि क्यामारा प्रकरण:पिडित पक्षले उजुरी दिन</span> <span class='c2'>मानेन्,मोरङ प्रहरीले चलायो अभद्र व्यवहारको मुद्धा</span>

विराटनगर । कपडा सिलाउने ठाँउमा राखिएको सिसि क्यामाराबाट एक युवतीको कपडा फेरेको भिडियो खिचेको आरोपमा पक्राउ परेका आरोपीका विरुद्ध पिडित पक्षले उजुरी दिन् मानेन् ।

विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्सका संचालक २३ बर्षिय सद्दाम मियाँलाई गत मंगलबार बेलुका टेलर्समा राखिएको सिसि क्यामाराबाट ती युवतीको भिडियो रेर्डक गरेको स प्रमाण सहित प्रहरीले फेला पारेको थियो ।

पिडित युवतीले तत्काल प्रहरीलाई खबर गरि ती टेलर्स संचालकलाई पक्राउ गर्न लगाईन् । वडा प्रहरी कार्यलय ‘क’ बाट खटिएका डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वमा खटिएको प्रहरी टोलीले सद्दामलाई पक्राउ गर्यो ।

[caption id="attachment_161309" align="alignnone" width="640"]
विराटनगरको मेन रोडमा रहेको जेन्टलमेन टेलर्स[/caption]

पक्राउ परेका सद्दामलाई सुरुमा वडा प्रहरी कार्यलय लगियो । युवतीले कपडा फेरेको भिडियो सिसि क्यामाराबाट खिचेको विषय गम्भिर भएकाले पुन वडा प्रहरीबाट सद्दामलाई जिल्ला झिकाईयो ।
रातभरी मोरङ प्रहरी हिरासतमा बसेका सद्दामलाई उजुरी दिनको लागी बुधबार विहान पिडित पक्ष जिल्ला प्रहरी पुगे । तर पिडित पक्षले भने सद्दाम विरुद्ध कुनै पनि उजुरी दिन भने मानेन् । सुरुमा कारबाही हुनुपर्यो भन्दै पक्राउ गराउने अनि फेरी उजुरी नदिने भन्दै पीडित भनिएको पक्षले आरोपीलाई जोगाउने प्रयास गरेको छ ।

[caption id="attachment_161310" align="alignnone" width="440"] जेल्टलमेन टेलर्सको माथिल्लो तलाको सानो कोठा जहाँ तीन वटा कपडा सिलाउने मेसिन रहेको ठाउँ । महिलाहरुलाई कपडा चेन्ज गर्न पठाउने कोठा र सिसि क्यामारा राखिएको कोठा ।[/caption]

पिडित युवती सहित बुधबार जिल्ला प्रहरी कार्यालयमा उनका बुबा फुफु र दाईहरु पुगेका थिए । तर पिडित पक्षले अब उसले गल्ती गरिहाल्यो एक दिन भएनी प्रहरीले पक्राउ गरेकै छ अब किन दुष्मनी मोल्ने भन्दै उजुरी दिनबाट पिडितहरु पन्छिएका थिए ।
प्रहरीले पनि यस्ता विषय गम्भिर भएका कारण भोलीका दिनमा अरुले पनि यस्तो घटना घटाउन सक्ने भएकाले तत्काल अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
‘हामीले पनि पिडितपक्षलाई उजुरी दिन आग्रह गरेउ, तर पिडित पक्षले नै नमाने पछि अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरेका हौ ।’ श्रेष्ठका अनुसार टेलर्स सञ्चालक मियालाई अभद्र व्यवहार मुद्दामा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट बुधबार नै म्याद थप गरिएको छ ।
मियाँले जेल्टलमेन टेलर्सको माथिल्लो तलाको सानो कोठामा तीन वटा कपडा सिलाउने मेसिन रहेको ठाउँमा महिलाहरुलाई कपडा चेन्ज गर्न पठाउने गर्दथे । टेलर्समा कार्यरत मजदुरहरुलाई भने कपडा परिवर्तन गरिन्जेल बाहिर निकाल्ने गरेको बुझिएको छ । पिडित युवतीलाई पनि त्यही कोठामा पठाएर कपडा चेन्ज गर्न लगाएर सिसि क्यामाराबाट भिडियो रेर्डक गरेको प्रहरीले फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्