अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग

<span class='c1'>अपाङ्गता भएकी महिलालाई</span> <span class='c2'>एक लाख सहयोग</span>

जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई रु.एक लाख सहयोग गर्नुभएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उहाँले उक्त सहयोग गर्नुभएको हो ।

एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उहाँको भनाइ थियो ।

काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्