स्पेसिफिक पुस्तकका लागि विराटनगरको ‘बुक बुक नगर’

<span class='c1'>स्पेसिफिक पुस्तकका लागि विराटनगरको</span> <span class='c2'>‘बुक बुक नगर’</span>

विराटनगर । स्मार्ट फोन र ईन्टरनेटको जमानामा पुस्तक पढ्ने जाँगर कति युवाहरुलाई होला ? फिजिकल पुस्तक छोएरै भन्दा पनि स्क्रिनमा अक्षर सारेर पढ्नेहरु बढ्दै गईरहेको समयमा विराटनगरका एक युवा पुस्तक पढ्ने संस्कार बढाउदै युवाहरुलाई किताब किन्न प्रोत्साहन गर्न तिर लागिरहेका छन् । विराटनगर १६ मिल्स एरियाका २० वर्षिय सुजन अधिकारी यति बेला बुकबुकनगर नाम गरेको स्टार्टअप व्यवसाय सुरु गरेर विराटनगरका विभिन्न स्थानमा पुस्तक प्रदर्शन र बिक्रि गर्दै हिडिरहेका छन् ।

आउँदो माघ पहिलो सातादेखि विराटनगरमा उपन्यास, कथा तथा जीवनी र कविता सम्बन्धी पुस्तक मात्र पाईने पसल सञ्चालनमा आउने भएकोे छ । स्टेशनरीका सामान बाहेक अन्य सबै प्रकृतिका पुस्तक सजिलै उपलब्ध हुने गरि माघ पहिलो सातादेखि ‘बुक बुकनगर’ का नामले उक्त पसल सञ्चालनमा आउने भएको हो । विराटनगर–१६ मिल्सएरिया बस्ने २० बर्षीय सुजन अधिकारीले बिशिष्ट पुस्तक मात्र पाउने पसल सञ्चालनमा ल्याउन लागेका हुन् । विराटनगरको मिल्सएरिया, ट्राफिक चौक वा शनिमन्दिर क्षेत्रमा पसल सञ्चालनमा ल्याउने तयारी रहेको उनले आवर विराटनगरलाई बताए । उनले झण्डै ५ लाखको एकल लगानी पसल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

हाल उनले विराटनगरको विभिन्न ठाउँमा स्ट्रीट क्याम्पेन गर्दै आफ्नो व्यावसाय प्रर्वद्धन गरिरहेका छन्् । मंसिर २४ गतेदेखि विराटनगरको मुख्यमुख्य ठाउँमा स्टल राखेर उनले व्यवसायिक प्रर्वद्धनका साथै सस्तो र सुपथ मुल्य पाठकको रुचि तथा माग अनुसारको पुस्तक बिक्री वितरण गरिरहेका छन् । मंसिर २४ गते देखि २६ गतेसम्म उनले विराटनगरको संसारीमाई स्थानमा ३ दिने क्याम्पेन सम्पन्न गरिसकेका छन्् । बुधबारदेखि महेन्द्र मोेरङ क्याम्पस अगाडि क्याम्पेन चलिरहेको छ । त्यसपछि २ दिनको अन्तरमा पुनः ट्राफिक चौक क्षेत्रमा क्याम्पेन चलाउने योजना रहेको ‘बुक बुक नगर’ का सञ्चालक सुजन अधिकारीले बताए । ‘विराटनगरको मुख्य–मुख्य ठाउँहरुमा व्यावसाय प्रर्वद्धनका साथै ३ दिने स्ट्रीट क्याम्पेन गरिरहेको छु । २ दिनको अन्तरमा ठाउँ परिवर्तन गर्दै क्याम्पेनलाई निरन्तरता दिँदैछु,’ उनले भने, ‘यो महिनाभरि क्याम्पेनलाई निरन्तरता दिएर पसल सञ्चालन गर्ने योजना छ । विराटनगरमा स्पेसिफिक पुस्तक पाउने ठाउँ नभएकाले यो व्यावसायले राम्रो पिकअप लिन्छ भन्ने अपेक्षा छ ।’

अधिकारीले भने पसलको व्यावसायिक प्रर्वद्धनको क्रममा फेसबुक र इन्टाग्राममा अनलाईन स्टोर समेत सञ्चालनमा ल्याएका छन् । अनलाईन तर्फ पनि पाठकहरुको प्रतिक्रिया राम्रो रहेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्