एमाले मोरङको बैठक युवा नेतृत्वद्वारा बहिष्कार, २२ दिनलाई पदाधिकारी चयन तयारीको विरोध

एमाले मोरङको बैठक युवा नेतृत्वद्वारा बहिष्कार, २२ दिनलाई पदाधिकारी चयन तयारीको विरोध

विराटनगर । नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठकलाई यूवा नेतृत्वले बहिष्कार गरेका छन् । जिल्ला अधिवेशनको मिति घोषणा भईसकेपछि पदाधिकारी तय गर्न लागेपछि युवाहरुले त्यसको विरोध गर्दै बैठक बहिष्कार गरेका हुन् ।

जिल्ला अधिवेशनमा पदाधिकारीको आकांक्षा राखेका यूवाहरुले त्यस अगाडी नै पदाधिकारी तय गर्ने प्रस्तावलाई अस्वीकार गरेका हुन् । अधिवेशनमा सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवालगायतका नेताहरुले बैठक छाडेर हिडेका हुन् । जिल्ला कमिटी सदस्य रहेका थापाले नेतृत्वले मनोमानी ढंगले पदाधिकारी टुङ्ग्याउन खोजेपछि असहमति जनाएको बताए ।

युवा संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका थापाले नेताहरुले सबै क्षेत्र, भूगोल समेट्दै नयाँ साथीहरुलाई समेट्ने कुरालाई भुलेर आफ्ना नजिकलाई पदाधिकारीमा ल्याएर निर्वाचनको प्रक्रियालाई प्रभावित बनाउन खोजेको आरोप छ । जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले समेत नेतृत्वले मनोमानी र एकांकी ढङ्गले निर्णय लाद्न खोजेपछि बैठक बहिस्कार गर्नु परेको बताए ।

समावेशी र भूगोलका हिसावले उपसचिवको आकांक्षी वान्तवाले आफूहरुको सुनुवाई नै नभएपछि बैठक छाडेर घर तिर हिडेको बताए । जिल्ला अधिवेशन आगामी पुस २३ गतेलाई तोकिएको छ । २२ दिनका लागि मात्रै पदाधिकारी चयन गर्ने विषय नाजायज भएको प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेतको भनाई छ । बैठकले पदाधिकारी चयन गर्ने निर्णय गरे त्यसको परिणाम सकारात्मक नहुने बस्नेतको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्