विराटनगरमा २ दिने आदिवासी चलचित्र महोत्सव हुने

<span class='c1'>विराटनगरमा २ दिने आदिवासी</span> <span class='c2'>चलचित्र महोत्सव हुने</span>

विराटनगर । लोप हुन लागेका आदिवासी जनजातीहरुको भाषा, कला ,सँस्कृती संस्कारहरुको संरक्षण र प्रवद्धन गर्ने उदेश्यका साथ विराटनगरमा २ दिने आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको छ ।

राजवँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा आगामी पुष ९ र १० गते विराटनगर स्थित अतिथी सदनमा ऐतिहासिक कार्यक्रम आदिवासी जनजाती चलचित्र महोत्सव २०७८ हुने भएको हो । राजवँशी चलचित्रकर्मी समाद समितिले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजनागरी २ दिने ऐतिहासिक कार्यक्रम गर्न लागेको जनाएको छ । आदिवासी जनजाती चलचित्र महोत्सवमा राजवंशी , थारु, गुरुङ, मगर , माझी, तामाङ, राई, लिम्बु लगायत १७ वटा जातिय चलचित्रको प्रर्दशनी हुने आयोजक समितिका संयोजक दिप नारायाण चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

दिपनारायण चौधरीका अनुसार प्रदेश नम्बर एक राजधानीमा पहिलो पटक मुलुकभरका आदिवासी जनजाती चलचित्र महोत्सव गर्न लागेका छौँ। तर प्रदेश सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गुर्नभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्