मानव संशाधन तथा औद्योगिक विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

मानव संशाधन तथा औद्योगिक विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकास सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ ।

बिहीबार उद्योग संगठन मोरङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली वीचको अन्तरसम्बन्धलाई सृदुढ वनाउने महत्वपूर्ण पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहार्दपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्बन गरी औद्योगिक शान्ति कायम राख्नुपर्ने बिषयमा जोड दिए ।

कार्यक्रममा बोल्दै औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेश कुमार झा ले कार्यस्थलमा व्यवस्थापन र श्रमिक बिचको सम्बन्धलाई बिश्लेषण गर्दै असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने विषयहरुका बारे वर्णन गरे । कार्यपत्र प्रस्तुतीका क्रममा उनले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन, आचरण र कानुनी प्रावधानहरुका सम्बन्धमा कम्पनीले आफ्ना कामदारहरुलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने बताए । उनले असल श्रम अभ्यासले विवादरहित कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबिचको सुमधुर सम्बन्ध विकासमा सहयोग पु¥याउने जानकारी दिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्