रघुपति जुट मिल्सको हिरक जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम

रघुपति जुट मिल्सको हिरक जयन्तीको उपलक्ष्यमा रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरको रानीस्थित स्थापनाको ७५ वर्ष पुरा गरेको रघुपति जुट मिल्सले विभिन्न कार्यक्रम गरि हिरक जयन्ती मनाईरहेको छ ।

सोही क्रममा बिहीबार जुट मिल्सका संस्थापक स्व. रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर जुट मिल्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मिल्सका कामदार र कर्मचारीहरु गरि कुल ७६ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमका बिच प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्योगको निरिक्षण गर्नुका साथै उद्योग परिसरमा वृक्षारोपण गरे । उनले जुटबाली र जुट उद्योग यस प्रदेशको विशिष्ट पहिचान समेत रहेकोले जुटबाली विकास र उद्योगको सञ्चालनमा मन्त्रालय मार्फत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष श्री समिम कमर, उद्योगका संचालक राजकुमार गोल्छा, कार्यकारी सञ्चालक अश्विनी गोल्छा, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार अग्रवाल र प्रबन्धक श्यामकुमार आचार्य एवं उद्योगका कामदार तथा कर्मचारीका साथै ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्