माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

<span class='c1'>माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम</span> <span class='c2'>ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा</span>

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
२०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरु गरेका हुन् ।

शिक्षण पेशा छोडेर माओवादी जनयुद्धमा लागेका ढुंगाना यसअघि पार्टीको प्रदेश कमिटी सदस्य पनि थिए ।
आफुले प्रदेश सचिवमा उम्मेद्वारी दिएको घोषणा गर्दै नेता ढुंगानाले सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिव पदमा दाबी पेश गर्न चाहन्छु,’ नेता ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले चार दशक लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको उचित मुल्यांकन गरेर सबै कमरेडहरुले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’

यसअघि धनकुटाकै नेता हेमराज भण्डारी प्रदेश सचिव थिए । प्रदेश अध्यक्ष दावी गर्दै आएका भण्डारी पछि हटेपछि जिल्ला संयोजक ढुंगानाले प्रदेश सचिवमा दावी प्रस्तुत गरेका हुन् । नेता ढुंगानाले कुनैपनि हालतमा आफु पछि नहट्ने दावी पनि गरेका छन् ।
गत शनिवार मोरङको विराटचौकमा माओवादी केन्द्रको प्रदेश अधिवेशन सुरु भएको हो । अधिवेशनले प्रदेश समितिका २५९ जना सदस्य सर्वसम्मत चयन गरेको छ । गैर भूगोलबाट १ सहित धनकुटाका १४ जना सदस्यमा परेका छन् । तर, आकाक्षी बढी हुँदा पदाधिकारीको टुंगो लाग्न भने सकेको छैन ।

अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सह–सचिव र एक कोषाध्यक्ष गरी नौ सदस्यीय पदाधिकारी छान्नुपर्नेछ । पुस ७ गतेसम्म पदाधिकारीको टुंगो लगाउँन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले सहमतिको प्रयास गरिरहेको माओवादी केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्