विराटनगर । विराटनगर–१२ पटुवारी टोलबाट को २९ प ६६०० नम्बरको स्कुटर चोरीमा संलग्न आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार रामलाई स्कुटरसहित पक्राउ गरेको हो ।
उनलाई चोरी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक एवं मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।