सभापतिमा हारेपछि शेखरले भने ‘अपवित्र गठजोड’ भएपनि राजनीति जित्यौं

सभापतिमा हारेपछि शेखरले भने ‘अपवित्र गठजोड’ भएपनि राजनीति जित्यौं

विराटनगर । नेपाली काँग्रेसको सभापति पदमा पराजित डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड भएपनि राजनीति जितेको दावी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गरेर निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्दै नेता कोइरालाले पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानलाई सिद्धान्तमा टेकेर जितेको दावी गरेका हुन् ।

पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ’, शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
आफू पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाको बुझाई छ । पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि काँग्रेसप्रति आकर्षण बढाएको दावी गर्दै कोइरालाले भरोसा र विश्वासको वृद्धि गराएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गरेका छन् । ‘प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु, प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।

उनले पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख गरेका छन् ।उनले सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा गरिरहेको नभएर पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारको विरुद्ध लडेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्