विराटनगर । अवैध रुपमा भन्सार छली भारत तर्फ लैजादै गरेको ६० वटा भन्दा सुँगुरका पाठा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बि.ओ.पी दरैया विराटनगरका प्रहरी निरीक्षक दिल कुमार पन्तको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली विराटनगरबाट भारत तर्फ तस्करी हुदै गरेको सुँगुरका पाठा बरामद गरेको हो ।
विराटनगर १६ दरैया स्थित सिमा ईलाकामा नेपालबाट भारत तर्फ भन्सार छलि ६० वटा सुगुरका पाठा लैजादै गर्दा सो पाठा नियन्त्रणमा लिन सफल भएको हो ।
झन्डै ४८ हजार मुल्य भन्सार मुल्य रहेको बि.ओ.पी रानी विराटनगरका प्रहरी निरिक्षक दिल बहादुर पन्तले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सुगुरका पाठा भन्सार दाखिला गरिएको छ ।