प्रदेश १ मा आईतबार सार्वजनिक बिदा

<span class='c1'>प्रदेश १ मा</span> <span class='c2'>आईतबार सार्वजनिक बिदा</span>

विराटनगर । किराँत धर्मावलम्बीको महान चाडको रुपमा उधौली पर्वको अवसरमा आईतबार प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्र अनुसार सरकारले पौष ४ गते आईतबार सार्वजनिक बिदा दिने भएको हो । प्रदेश राजपत्रको भाग–३ को खण्ड (४) मा किराँत जातिको उधौली पर्व, योमरी पुन्ही तथा धान्य पुर्णिमाको अवसरमा प्रदेशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख गरिएको छ ।

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट अर्थात् नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ । उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरुमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाईन्छ । तल माथि वा प्रगति अनि दुर्गति लगायत शुरु वा अन्त्य जनाँउन उँगो र उँधो शब्दको प्रयोग भएको पाईन्छ ।

हरेक बर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ । किराँती मान्यता अनुसार उधौली पर्वको दिनदेखिको समयलाई लेकबाट वस्तुभाउ अनि चराचुरुङ्गी बेसीतिर बसाई सर्ने संकेतको रुपमा लिईन्छ । साथै अन्नबाली भित्रयाईएको खुशीयालीमा समेत यो पर्व मनाईन्छ । पर्वत शृङ्खलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रमलाई पनि यो चाडको सूचकको रुपमा लिने गरिएको छ ।

उधौली पर्वका दिन भने परम्परागत भेषभुषा लगाएर दाजुभाई तथा दिदिबहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्