बिराटनगर इन्टरनेशनल कलेजको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टमा विद्यार्थी आकर्षित

<span class='c1'>बिराटनगर इन्टरनेशनल कलेजको इन्टरनेशनल</span> <span class='c2'>हस्पिटालिटी म्यानेजमेन्टमा विद्यार्थी आकर्षित</span>

विराटनगर पुष ३ , 

बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको तीन वर्षको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्षमा बिद्यार्थीको आकर्षण बढेको छ । इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पूर्वमा पढाई हुन थालेपछि पुर्वका बिभिन्न सहरका बिधार्थी आकर्षित भएका हुन् । उक्त कोर्ष होटेल संग मात्रै सम्बन्धित नभएको र यसका बिभिन्न क्षेत्र जस्तै रिसोर्ट,केटरिङ, बैँक, पानीजहाज, रियल स्टेट,सिनेमा हल, उड्ययन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्याथीहरुले रोजगारीको अवसर पाउने भएको कारण आकर्षण बढेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

बिधार्थीहरुले कोर्षमा सैद्धान्तिक र व्यवहारिकता दुवै पक्षबाट हस्पिटालिटी क्षेत्रमा आवश्यक बिभिन्न स्किल सेट लेक्चर-ट्युटोरियल-वर्कशप बिधिबाट सिक्न पाउने छन् । जसका कारण अन्तरास्ट्रिय स्तरमा हस्पिटालिटी क्षेत्रसंग नजिक रही ज्ञान तथा सिप हासिल गर्न सक्ने उनले बताए । होटेल म्यानेजमेन्ट भन्दा भिन्न र अझ परिस्कृत रहेको उक्त कोर्षले बिधार्थीहरुलाई स्वरोजगार हुन तथा म्यानेजमेन्ट लेवलमा अब्बल बनाउने कार्यकारी वाग्लेले बताए ।

विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित रहेका प्रतिष्ठित औद्योगिक पार्टनरहरुसँग फिल्डवर्क गर्न पाउने कार्यकारी वाग्लेले बताए ।

बिधार्थीहरुलाई हस्पिटालिटी क्षेत्रको व्यस्थापकिय पक्षसंग बढी जोड दिएर कोर्ष तयार भएको कारण बिधार्थीहरुलाई कुनैपनि हस्पिटालिटीसंग सम्बन्धित क्षत्रमा रोजगारीको राम्रो अवसर रहेको कलेजका हस्पिटालिटी म्यानेजमेन्ट कोर्डिनेटर रवी झाको दाबी छ ।

उक्त कोर्षमा बिद्यार्थीहरुले हस्पिटालिटी कन्सेप्ट , इभेन्ट्स म्यानेजमेन्ट, प्रोफेसनल म्यानेजर एण्ड लिडरसिप, हस्पिटालिटी लिडरसिप, हस्पिटालिटी प्रपर्टी म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट लगायतका बिषयमा अध्ययन गर्नेछन । यस कोर्ष पढेका बिद्यार्थीले आफ्नै हस्पिटालिटीसंग सम्बन्धित व्यवसाय गर्न सफल हुने अपेक्षा कलेजको रहेको छ ।

कलेजले बिधार्थीलाई व्यवहारिकरुपमा यस क्षेत्रसंग जोड्न भारतको प्रख्यात टाटा ग्रुप अफ हस्पिटालिटी , थाइल्याण्डको होटेल एसिया साथै नेपालमा नेपालीरिका ग्रुप लगायतसंग समझदारी गरी अघि बढेको जनाएको छ ।

नेपाल सहित विश्व बजारमा हस्पिटालिटी क्षेत्रमा ठुलो माग रहेको अवस्थामा दक्ष जनशक्तिको लागि कलेजको उक्त कोर्ष बिधार्थीहरुको लागि फलदायी हुने कलेजको दाबी छ ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) पनि पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्