डनबस्को र जनक मेमोरियल स्कुल फाइनलमा

डनबस्को र जनक मेमोरियल स्कुल फाइनलमा

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा विराटनगरको डन बस्को स्कूल र जनक मेमोरियल स्कुल फाइनलमा प्रवेश गरेको छ ।

फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा विराटनको गोदावरि बोडिङ स्कुललाई २–० गोलले पराजित गरि डनबस्को स्कुल फाइनलमा पुगेको हो । जितको लागि डनबस्का विराट रेग्मीले दुई गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने विराट रेग्मी घोषित भए । सोही दिन भएको दोस्रो खेलमा विराटनगरको एभरेष्ट स्कुललाइ ४–० गोलको अन्तरले हराउँदै जनक फाईनलमा पुगेको हो । जितको लागि अमित कुमार चौधरि, सौगात सरदार थारु, शुशान्त कुमार माझी र रोशन कुमार सरदारले गोल गरेका थिए । म्यान अफ द म्याच जनकका अमित कुमार चौधरि घोषित भए । आइतबार फाइनल हुनेछ । फाईनलमा उपाधिको लागि डनबस्को र जनक मेमोरियल स्कुल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्