विराटनगरमा ११ जनासहित प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगरमा ११ जनासहित प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज २० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १४ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्