विराटनगरमा ‘स्पाईडर म्यान’ को विशेष स्क्रीनिङ सम्पन्न : चलचित्रलाई उच्च शो, टिकट बिक्री आक्रामक

विराटनगरमा ‘स्पाईडर म्यान’ को विशेष स्क्रीनिङ सम्पन्न : चलचित्रलाई उच्च शो, टिकट बिक्री आक्रामक

विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ ।

चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम्मेलन गर्दै एप्पल इन्टरटेनमेन्टले चलचित्रको बिशेष स्क्रिनिङ बारे जानकारी दिएको थियो । स्क्रीनिङमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहरीले बताईन् । स्क्रीनिङमा स्थानीय उद्योगी, व्यावसायी, चिकित्सक, विद्यार्थी, पत्रकार तथा सञ्चारकर्मी लगायत क्यु.एफ.एक्सका नियमित दर्शक सहित २०० बढीको सहभगिता रहेको उनीले जानकारी दिईन ।

कोभिड महामारीका कारण धरासायी हुने अवस्थामा पुगेका ठुला लगानीका मल्टिप्लेक्सहरुलाई पुनः चलायमान बनाउन चलचित्रले बिशेष भुमिका खेलेको क्यु.एफ.एक्सका म्यानेजर राजन थाडा मगरले बताए । उनले शुक्रबारदेखि चलचित्रको उच्च शो र टिकट बिक्री समेत आक्रामक ढङ्गले भईरहेको जानकारी दिए ।

क्यु.एफ.एक्समा हाल अंग्रेजी भाषामा उक्त चलचित्र प्रदर्शन भईरहेको छ । सोमबारबाट मात्रै हिन्दीमा समेत प्रदर्शनको तयारी रहेको जनाईएको छ । चलचित्रको टिकट भने शुक्रबार देखि आईतबार रु.३००, सोमबार र बिहीबार रु.२५० तथा मंगलबार र बुधबार रु.१५० का दरले टिकट बिक्री भईरहेको जानकारी दिईएको छ ।

‘स्पाईडर मेन– नो वे होम’ भने मार्भेल स्टुडियोजको ‘एभेन्जर्स–इन्ड गेम’ पश्चातको बहुप्रतिक्षित चलचित्र हो । एप्पल इन्टरटेनमेन्टले भने यसपटक क्यु.एफ.एक्स सिनेमाज र रिगल सिनेमाजसँगको सहकार्यमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्