इनरुवा । सुनसरीको गढी गाँउपालिका–५ स्थितमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा गढी गाँउपालिका–६ का २५ बर्षिय निराजन राय रहेका छन् ।
हिजो राती ८ बजे को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडीको डालामा ठोक्किन गई ना ८ प ४३९० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक रायको घटना स्थलमै मृत्यु भएको हो ।
साथै मोटरसाईकल पछाडि सवार गढी–६ कै २७ बर्षीय अक्षय राय समेत घाईते भई उपचारको लागि बिराट नसिंह होम बिराटनगर पुर्याईएको छ । मोटरसाईकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।