माओवादी केन्द्रको प्रदेश सहसचिवमा सोलुखुम्बुका पराजुलीको दाबी

<span class='c1'>माओवादी केन्द्रको प्रदेश सहसचिवमा</span> <span class='c2'>सोलुखुम्बुका पराजुलीको दाबी</span>

विराटनगर । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका युवा नेता ठमनाथ पराजुली (ध्रुब)ले नेकपा माओवादी केन्द्र प्रदेश १ को सहसचिवमा दाबी गरेका छन् पराजुलीले अबको माओवादी केन्द्र प्रदेश १ को प्रदेश समितिमा आफनो सहसचिवमा दाबी रहेको बताए । पदाधिकारी चयनका लागि माओवादीको प्रदेश समितिको दोस्रो बैठक आगामि पुस ७ गते विराटनगरमा बस्दैछ । सोही बैठकमा पदाधिकारी चयनबारे सुझाव दिन पार्टीका केन्द्रीय सदस्य अजम्बर काङमाङ राईको नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको छ ।

समितिमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेका छन् । समितिले दिएको पदाधिकारीको नामको आधारमा प्रदेश समितिले अनुमोदन गर्ने माओवादीले जनाएको छ । पार्टीको अघिल्लो हप्ता सम्पन्न प्रदेश सम्मेलनबाट निर्वाचित २७१ सदस्यीय प्रदेश समिति गठन गर्दा पराजुली पनि निर्वाचित भएका थिए ।

२०५७ सालमा अनेरास्ववियूमा माध्यामिक विद्यालय ईकाई सचिव हुँदै २०५९ सालबाट तत्कालिन नेकपा ९माओवादी केन्द्र०मा पूर्णकालिन भएर राजनीतिमा होमिएका २०६३ सालको भदौबाट पार्टीको सोलुखुम्बु जिल्ला कार्यालय सचिव भएका थिए ।
उनले हालसम्म अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य, माओवादीको तत्कालिन संगठन संरचनाअनुसार २०६४÷०६५ मा किरात राज्य समिति सदस्य, संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ सालमा बनेको सरकारका संस्कृति मन्त्री गोपाल किरातीको सहायक स्वकीय सचिव, २०६७÷०६८ सालमा मोहन वैद्य (किरण) नेतृत्वमा गठित नेकपा (माओवादी क्रान्तिकारी) को विद्यार्थी संगठनका किरात राज्यको संयोजक तथा पार्टीको सोलुखुम्बु जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरिसकेका छन् ।

उनले उनले २०७२ सालमा केन्द्रीय महाधिवेशन समिति सदस्य हुँदै पार्टीको सोलुखुम्बु जिल्ला सहसंयोजकको जिम्मेवारी समेत सम्हालेका छन् । २०७४ नेकपाको १ नम्बर प्रदेश कमिटी सदस्य तथा प्रदेश पर्यटन विभागको उपप्रमुखसमेत भएका छन् । पार्टी संगठनभित्र उनले आफूलाई वैचारिक नेतृत्व र स्पष्ट वक्ताका रुपमा परिचय बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्