सुनको मूल्य प्रतितोला ९३ हजार ६००

सुनको मूल्य प्रतितोला ९३ हजार ६००

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.४००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु.९३ हजार ५०० तोकिएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु.एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्