लागुऔषधसहित पक्राउ

<span class='c1'>लागुऔषधसहित</span> <span class='c2'>पक्राउ</span>

काठमाडौँ । काठमाडौँको दक्षिणकालीबाट प्रहरीले लागुऔषधसहित एक जनालाई आज पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ बस्ने वर्ष १९ का अर्जुनकुमार शाह रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना १ ज ६६०६ नम्बरको टाटा सुमोमा सवार थिए । दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा उक्त सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले झोलामा टेपले बाँधेर ल्याएको अवस्थामा फेला पारिएको र फर्पिङस्थित प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिरहेको छ । उनको साथबाट डाइजेपाम ४७५, फेनारगन ४९९, नुफिन ४९३ एम्पुल फेला पारिएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्