लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा २ स्थितबाट नियन्त्रित लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा २ बस्ने ३८ बर्षिय कालु बहादुर राई रहेका छन ।

आइतबार बेलुका ५:३० बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्