हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>हत्या गरेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

कास्की । अन्नपूर्ण गाउँपालिका वडा १० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका वडा ६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका वडा ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार उक्त ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएपछि अर्जुनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान मारी सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्