इटहरीमा “हातहातमा कलम, टोलटोलमा नेकपा एस अभियान”

<span class='c1'>इटहरीमा “हातहातमा कलम, टोलटोलमा</span> <span class='c2'>नेकपा एस अभियान”</span>

इटहरी । नेकपा एकीकृत समाजवादीले पुर्वक्षेत्रको हबका रुपमा रहेको इटहरी उपमहानगरपालिकामा हातहातमा कलम टोलटोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ ।

नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसँगै उक्त अभियान सञ्चालनमा ल्याईएको हो । गाउँटोलमा बसोबास गर्ने बहुसंख्यक जनसमुदायमा नेकपा एसमा आबद्ध हुन चाहेकाले अभियान अन्तर्गत ‘एक घर एक सदस्य’ बनाएर सबैलाई पार्टीको विभिन्न तहमा जिम्मेवारी दिन थालिएको उनले बताए ।

फुयाँलका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह सबै जनतमाझ पुर्‍याउन उक्त अभियान सञ्चालन गरिएपछि दैनिक सयौंको सख्याँमा टोल बस्तीका स्थानियहरु पार्टीमा समावेश भई संगठित हुन थालेका छन ।

नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीका अनुसार इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धीजीवी, व्यापारी, दलित, मधेशी, मुस्लिम लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरि संगठन निमार्ण अभियान संचालनमा ल्याएपछि नेकपा एसमा आवद्ध हुनेको संख्या बढदै गएको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार विभिन्न राजनितिक दल परित्याग गर्ने र एमालेबाट बिद्रोह गरि नेकपा एसमा आउने दैनिक सयौं जना भएकाले सबैलाई विभिन्न जनवर्गिय संगठन र पार्टीको टोलदेखि माथिल्लो कमिटीसम्म व्यवस्थापन गरि जिम्मेवारी दिने गरिएको छ । यसैगरि इटहरी उपमहानगर वडा नं. १४ मा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रुपा मेहता, सितल पासवान सचिव संजय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्रा दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार रहेका छन ।

यसैगरि कमिटीको सदस्यहरुमा ज्योती चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्