विराटनगरमा थालासेमिया रोगबाट ग्रसित बिरामीको उपचारका लागि कार्यक्रम हुने

विराटनगरमा थालासेमिया रोगबाट ग्रसित बिरामीको उपचारका लागि कार्यक्रम हुने

विराटनगर । क्रिसमस इभको अवसर पारेर विराटनगरमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यरिटी’ हुने भएको छ ।

आउँदो पौष ९ गते आवर प्रोडक्सन कम्पनीको आयोजनामा उक्त कार्यक्रम हुन गईरहेको हो । कार्यक्रमबाट संकलित रकम थालासेमिया नामक रोगबाट ग्रसित परिवारको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक्रमले स्वदेशी उत्पादनलाई उपभोक्ता माझ पुर्‍याउने चिनाउने उद्देश्य समेत बोकेको आयोजक कम्पनीका निर्देशन भुवन दाहालले बताए । कार्यक्रममा मेलोडियस क्विनकोे उपनामले चर्चित गायिका तृष्णा गुरुङको साङ्गितिक प्रस्तुती रहनेछ । उनको खानी हु यामु, गाईने दाजैले सारङी रेट्दा, माया पिरती जस्ता गीत चर्चित छन् ।

कार्यक्रममा भने चर्चित नायिका परामिता राज्य लक्ष्मी राणा, मिस युनिभर्स २०२० रनरअप मिस रक्षा उप्रेती, म्यान हन्ट नेपाल २०१८ रनरअप साजिद आलम र चर्चित मोडेल विनोद खड्का सहित चर्चित कलाकारहरुको उपस्थिति रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्