रंगेलीमा २१ महिनाकी शिशुको हत्या आरोपमा दुईजना पक्राउ

रंगेलीमा २१ महिनाकी शिशुको हत्या आरोपमा दुईजना पक्राउ

विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा स्थानीय ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई हिजो पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले अनुसन्धानका क्रममा छिमेकी दुईजनाको संलग्नतामा हत्या भएको निष्कर्ष निकालेर पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका दुईजना विरुद्ध जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
अनुसन्धान प्रारम्भिक चरणमा छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो–धेरै कुरा बोलेका छैनन्, हत्या गर्नुको कारण बारे सोधपुछ भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्