लागुऔषधसहित तीन पक्राउ

<span class='c1'>लागुऔषधसहित तीन</span> <span class='c2'>पक्राउ</span>

पुर्नवास । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ ।

लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ ।

बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्