विराटनगरका र्‍यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक

विराटनगरका र्‍यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक

विराटनगर । नेपाली चर्चित र्‍यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ ।

गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्‍याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्‍यापलाई र्‍यापर सुदिन पोखरेल र राज राणाले संयुक्त रुपमा रचना गरेका छन् ।

र्‍यापले नेपाली र्‍याप इन्डष्ट्रिजमा विद्यमान विकृति विसङगतिमा माथि दरिलो प्रहार गरेको छ । समाजमा नेपाली र्‍याप गीत संगीतको पनि उत्तिकै महत्व रहेको सन्देश डिए सिक्टी नाईनको ज्वालाले दिन खोजेको देखिन्छ ।

र्‍याप भिडियोको निर्देशन, सम्पादन र छायाङ्कन राज राणाले गरेका छन् । ब्रिजेको लगानी र संगीत संयोजनमा उक्त र्‍याप तयार भएको हो । शुक्रबार सार्वजनिक भएको उक्त र्‍याप भिडियोलाई भने हालसम्म १९ हजार बढी दर्शकले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्