सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

<span class='c1'>सवारी दुर्घटनाबाट १</span> <span class='c2'>जनाको मृत्यु</span>

झापा । झापाको बिर्तामोड नगरपालिका वडा १ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवसताक्षी वडा १० बस्ने ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार राती करिब ८ बजे बिर्तामोड वडा १ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि.अस्पतालमा उपचारको क्रममा बिहान करिब ४ बजे मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर वडा ३ बस्ने रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्