सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका वडा ४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका वडा ५ बस्ने २१ बर्षिय निर्मल खवासको रहेका छन् ।

मंगलबार राती करिब ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्‍याईएको थियो । उपचारको क्रममा साेही राती करिब १२ बजे मृत्यु भएको हो ।

गाडी तथा गाडि चालक धनकुटा नगरपालिका वडा १० बस्ने २७ बर्षिय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्