मिस नेवाको पहिलो अडिसन पौष १० गते झि पुच भवन विराटनगरमा

<span class='c1'>मिस नेवाको पहिलो अडिसन पौष १०</span> <span class='c2'>गते झि पुच भवन विराटनगरमा</span>

विराटनगर । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको पहिलो अडिसन पौष १० गते शनिबार विराटनगरमा हुने भएको छ।

मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रोभिन्स १ को पहिलो अडिसन विराटनगर १० स्थित बङगामुखीमा रहेको झिः पुच भवनमा पौष १० हुने भएको हो । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने मुल नाराका साथ नेवारी संस्कृति संरक्षणका लागि हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रम गत बर्ष कोरोना भाईरसका कारण स्थगित भएको थियो ।

मन्जिना मुभिज क्रियशनका निर्देशक जतिन ताम्राकारका अनुसार यस वर्षको मिस नेवा सौन्दर्य प्रतियोगिता भने माघ ७ गते विराटनगरमा हुने भएको छ । सांस्कृतिक कार्यक्रम सहित दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिता राती ९ बजेसम्म स्थानीय होटल नमस्कार रेजेन्सीमा आयोजना हुनेछ । यस वर्षको मिस नेवाको विजेताले स्कुटीसहित १५ लाखको विमाको सुविधा पाउने आयोजकले जनाएको छ । प्रतियोगितको विजेतालाई ग्रेटाको स्कुटर र ज्योती लाइफ इन्स्योरेन्सबाट १५ लाखको विमा सुविधा प्राप्त हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि विराटनगरपछि धरान, विर्तामोड सहित प्रदेश १ का विभिन्न शहरमा अडिसन हुने आयोजकले जानकारी दिएको छ । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्