विराटनगरका सिनेमा हलमा ‘पुष्पा’ को हाउस फुल सो

<span class='c1'>विराटनगरका सिनेमा हलमा ‘पुष्पा’</span> <span class='c2'>को हाउस फुल सो</span>

विराटनगर । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित चलचित्र ‘पुष्पा–द राइज’ फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।

विराटनगर सिनेमा हलहरु यतिबेला दर्शकको उपस्थितिले खचाखच भरिएको छ । कोभिड महामारीको दौरान संकटग्रस्त अवस्थामा पुगेर तंग्रिने प्रयासमा रहेका सिनेमा हलहरुलाई यो चलचित्रले ठुलो राहत प्रदान गरेको छ । विराटनगरका सेन्ट्रल मल्टिप्लेक्स, सिटी सिनेमा, क्युएफएक्स र आरके सिनेमा लगायतका हलहरु अहिले हाउस फुल चलिरहेका छन् ।

पछिल्लो समय स्पाइडर म्यान र पुष्पाका कारण सिनेमा हलहरुले राम्रो कमार्ई गरिरहेको सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर रमेश झा ले बताए । उनले नियमित हाउस फुल सो भईरहेको जानकारी दिए । पुष्पा भने कोभिड महामारी पश्चात सबैभन्दा बढी व्यापार गर्ने फिल्म समेत बनेको छ । रिलिजको दोस्रो दिन अर्थात शनिबार मात्रै पुष्पाले बक्स अफिसमा करिब ४ करोडको कलेक्सन गरेको थियो । पहिलो दिन हिन्दीमा चलचित्रले ३ करोड कमाएको थियो ।

चलचित्रले नेपालमै हालसम्म १० करोड बढीको कलेक्सन गरेको छ । रिपोर्टका अनुसार चलचित्रले विश्वभर हालसम्म सय करोडको आँकडा पार गरेको छ । पुष्पाः द राइज भने सुकुमारद्वारा निर्देशित चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्