प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी सुरु

प्रदेश १ लाई कुपोषणमुक्त बनाउने तयारी सुरु

विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयद्वारा कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरिएको हो । बिहीबार विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले सो बारे जानकारी दिए । उनले उक्त अभियानका लागि कार्ययोजना बनाउने निर्णय गरिएको बताए ।

उनका अनुसार पाँचथरमा पाईलट परियोजना सुरु गर्ने तयारी गरिएको छ । परियोजना बमोजिम युनिसेफ र एनट्यागसँगको सहकार्यमा बच्चाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी र लेखाजोखा लगायतका कार्यक्रम गरिनेछ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बजेट अनुसार स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुलाई प्राथमिकता दिईने बताए । उनले स्वस्थ रहनका लागि आफ्नो व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बिषयमा जोड दिए ।

समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, स्थानिय तहका प्रतिनिधि, सुआहारा, डब्ल्युएफपी, एमएसएनपी र पोषण पुर्नस्थापना गृहका प्रतिनिधि लगायत सहभागी थिए । कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित भने गत कात्तिकमा सम्पन्न प्रदेश स्तरीय समीक्षा गोष्ठिमा गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्