अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

<span class='c1'>अपरेटरले तलब नपाउँदा</span> <span class='c2'>विद्युत् सेवा बन्द</span>

विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताउनुभयो ।

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताउनुभयो ।

तलबका लागि प्रत्येक घरपरिवारले रु.१०० सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्