जनस्वास्थ्य संघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

<span class='c1'>जनस्वास्थ्य संघको महासचिवमा</span> <span class='c2'>श्रेष्ठको उम्मेदवारी</span>

विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

आउँदो पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य भएका श्रेष्ठ २० वर्षदेखी जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन् । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरु बिचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी र जनस्वास्थ्यकर्मीको रोजगारी सुनिश्चितताका लागि आफुले जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको उनले जिकिर गरे । उनले भने, ‘यूवा जनस्वास्थ्यकर्मीसँग सहकार्य र अग्रजको सल्लाह सुझाव लिएर संगठनको विकासमा लाग्ने मेरो योजना छ ।’

जस्तोसुकै विपत्तिमा पनि जनस्वास्थ्यकर्मीले गर्ने कामबाट आफु कहिल्यै पनि पछि नहटेको उनले बताए । कोरोनाका पहिलो र दोश्रो लहरको समयमा तीव्र संक्रमण भएको अवस्थामा रेडियोबाट कोरोनाबाट बच्नका लागि निरन्तर सूचना दिने उद्देश्यले आफुले नियमित रेडियो कार्यक्रम सञ्चालन गरेको, रेडियोको माध्यमबाट प्लाज्मा व्यवस्थापनको कार्य गरेको र हाल पनि जनस्वास्थ्य गतिविधि नियमित सञ्चालन गरिरहेको श्रेष्ठले बताए । उनले भने, ‘ १५ सय भन्दा बढी जनस्वास्थ्यकर्मीसँग कुराकानी गरि स्वास्थ्य सचेतना फैलाउने काम गरेको छु ।’

सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधि गर्दै छन् । उनी विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्ययापनरत छन् । महासचिव पदमा विजयी भएपछि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई संगठित गर्ने उनको लक्ष्य छ । उनले भने, ‘हाल जनस्वास्थ्य संघमा १७ सय सदस्यहरु छन् । सदस्य संख्या वृद्धि गर्न बिशेष भुमिका खेल्ने छु ।’

शुक्रबार आवर विराटनगरलाई बिशेष अन्तर्वाता दिँदै उनले महासचिव पदको चुनाव जितेपछि ३ देखि ६ महिनामा जनस्वास्थ्य संघको मुहार फेर्ने गरि काम गर्न नसके राजिनामा दिने प्रतिबद्धता समेत व्यक्त गरे । यसका अतिरिक्त प्रत्येक प्रदेशमा जनस्वास्थ्य संघको कार्यालय स्थापना गर्ने, बिषयगत अध्ययन गरेको व्यक्तिलाई कर्मचारी बनाउने र एडभोकेसीका लागि जनस्वास्थ्य संघको नामबाट अनलाइन टिभी चलाउने आफ्नो भाबी योजना रहेको उनले जानकारी दिए ।

नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । त्यसका लागि ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा मतदान हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्