मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु, दुई घाईते

मोटरसाईकल दुर्घटना हुदा एकजनाको मृत्यु, दुई घाईते

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–२ स्थित सडक खण्डमा दुई ओटा मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका–४ का ४० बर्षीय शेषलाल राजबंशी रहेका छन् ।

आज दिउसो साढे बाह्र बजे डब्लुबी ७४ पी ९७१७ नम्वरको मोटरसाईकल र मे.४प ९५०० नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका सोहि स्थानका २७ बर्षीय शिवलाल माझी र ४४ बर्षीय सजन राजवंशी र ४० बर्षीय शेषलाल राजबंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेकोमा शेषलालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्