दुर्घटनामा एकको मृत्यु दुई घाइते

दुर्घटनामा एकको मृत्यु दुई घाइते

कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सो पालिका वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन् । घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । मे४प ९५०० नम्बर र डब्जु वी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा सो दुर्घटना भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट आठ केजी गाँजासहित एक व्यक्तिलाई आजै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका–६ का ४६ वर्षीय वीरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्