प्रदेश नं २ को सभा बैठक दिउँसो १ बजे बस्दै

<span class='c1'>प्रदेश नं २ को सभा</span> <span class='c2'>बैठक दिउँसो १ बजे बस्दै</span>

प्रदेश नं २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

यसअघि गत बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्