छैटौँ बार्षिक उत्सवको अवसरमा स्पार्क थेरापी हस्पिटलमा रक्तदान

<span class='c1'>छैटौँ बार्षिक उत्सवको अवसरमा</span> <span class='c2'>स्पार्क थेरापी हस्पिटलमा रक्तदान</span>

विराटनगर । विराटनगर ९ पान्चाली मोडमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलको छैटौ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ ।

शिविरमा स्थानीय एवं अस्पातालका कर्मचारीहरुले रक्तदान गरेका थिए । छैटौ बार्षिक उत्सवको अवसरमा शुक्रबार र शनिबार आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा जाँच गरिएको थियो । वार्षिकोत्सवमा ५० जनाले रक्तदान गरेको अस्पतालका व्यावस्थापक संजिव कोईरालाले जानकारी दिए । विरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको थियो ।

सो अवसरमा दुर्गम क्षेत्र र ६० वर्ष माथिका विरामीलाई २५ प्रतिशत छुट गरी शिविरमा जाँच गरिएका अन्यलाई २० प्रतिशत छुट र भर्ना गरेका लाई ५० प्रतिशतसम्मको छुट दिइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्