इष्टर्न स्टार कृषी सहकारीको ९ औं साधारण सभा विराटनगरमा सम्पन्न

<span class='c1'>इष्टर्न स्टार कृषी सहकारीको ९ औं</span> <span class='c2'>साधारण सभा विराटनगरमा  सम्पन्न</span>

विराटनगर । इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर रोडशेषमा रहेको बिग होटलमा आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । जस अनुसार संस्थाको हालसम्म कुल शेयर पुँजी ३२ करोड २० लाख ८८ हजार पाँच सय, निक्षेप १४ करोड ३ लाख ७६ हजार सात सय ३३ रुपैँया रहेको छ । साथै संस्थाले सो अवधिमा १ करोड ९१ लाख १५ हजार ८ सय ९८ रुपैँया खुद नाफा आर्जन गरेको छ ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा सविन कपाडीलाई पुरस्कृत गरिएको थियो । उनलाई वर्ष भरि उत्कृष्ट कार्य गरेको भन्दै नगद एकलाख सहित सम्मानपत्रले सम्मानित गरिएको हो । मुख्य रुपमा कृषि क्षेत्रमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको सहकारीले आफ्ना शेयर सदस्यलाई कृषि सम्बन्धित आधुनिक तथा प्राविधिक तालिम दिँदै आएको छ । कृषकमाथि कर्जा लगानी साथै उनिहरुको उत्पादनलाई बजारीकरण गरि कृषकलाई आर्थिक रुपमा सबल बनाउन योगदान गर्दै आएको छ ।

हालसम्म १३८ वटा कृषि हित लघु समुह निमार्ण गरेको संस्थामा ५ सय ५६ जना शेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.विं उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथी के.वि उप्रेती, विशिष्ट अतिथी मोविल्याड ग्रुप आफ कम्पनीका अध्यक्ष दिनेश दर्शनधारी, नायक शिव श्रेष्ठ इष्टर्न सहकारीकी अध्यक्ष यसोदा राईले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्